लेटेस्ट न्युज
advertisement1

मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरीकाे ट्रकको ठक्करबाट निधन

Maryada News 2021-03-26 16:07:50
मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरीकाे ट्रकको ठक्करबाट निधन

धनुषाः ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै निधन भएको छ। पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको हाे।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको निधन भएको हो। उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए। शुक्रबार बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो।

शव शङ्कास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स८प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको खुलेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए।

ठक्कर पश्चात घटनास्थलबाट फरार भएका ट्रकका चालकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। मृतक महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी हुन्। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्