लेटेस्ट न्युज
advertisement1

नेपालमा झनै बढ्यो भ्रष्टाचार, सयमा जम्मा ३३ अंक मात्र

Maryada News 2021-01-28 14:36:57
नेपालमा झनै बढ्यो भ्रष्टाचार, सयमा जम्मा ३३ अंक मात्र

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार बढ्दै गएको बताएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा गत वर्षभन्दा भ्रष्टाचार बढेको ट्रान्सपरेन्सी इन्टरनेशनलले औंल्याएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनलले यसवर्ष एक सय ८० देशमा गरेको अध्ययनमा नेपाल ३३ अंकसहित एक सय १७ औं स्थानमा रहेको छ । भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले १०० मा ३३ अंकमात्र पाएको हो । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । 

गत वर्षको भ्रष्टाचार सम्बन्धि सर्वेक्षणमा नेपाल एक सय १३ औं स्थानमा थियो भने यो वर्ष ४ स्थान बढेर एक सय १७ औं स्थानमा पुगेको छ । अर्थात्– गतवर्ष भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ ।

डेनमार्क र न्युजील्याण्ड यस वर्ष सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेका छन् । सर्वेक्षणमा कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले ८८ अंक प्राप्त गरेका छन् । 

सर्वेक्षणमा दक्षिण सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् । उनीहरुले सयमा १२ अंक मात्र प्राप्त गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्