काठमाडाैंः लामो समयदेखि मिर्गाैला र मुटु रोगबाट ग्रसित वामपन्थी विचारक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय राेग निवारण केन्द्रमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो।
कम्युनिस्ट विचारधाराका ज्ञाता श्रेष्ठ २०१४ सालमा काठमाडौं नगरपालिका–९ (हाल–१७) ठहिटीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
उनको नेपालभाषामा ‘पाश्चात्य समालोचना सिद्धान्त’ पुस्तक प्रकाशित छ भने कयाैं आलेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।
श्रेष्ठकाे निधनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहालसहित विभिन्न वामपन्थी नेताहरूले श्रद्धाञ्जली प्रकट गरेका छन्।
प्रतिक्रिया