लेटेस्ट न्युज
advertisement1

राक्सिराङका ६० विपन्नलाई एकैसाथ नागरिकता

Maryada News 2021-03-07 21:06:26
राक्सिराङका ६० विपन्नलाई एकैसाथ नागरिकता

टिस्टुङ : मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ६० जनाले आज सामूहिकरुपमा नागरिकताको प्रमाणपत्र पाएका छन् । गाउँपालिका, टोल विकास संस्था र जनप्रतिनिधिको आर्थिक सहयोगमा सदरमुकाम जाने–आउने यातायात र खानाको व्यवस्था भएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर नागरिकता प्रमाणपत्र लिएका हुन् ।

 नागरिकता प्रमाण पत्र लिनेमा राक्सिराङ गाउँपालिका–७ डाम्राङ, गार्लिङ, धिराङ गाउँका छन् । जीवनमै पहिलोपटक ७२ वर्षको उमेरमा सदरमुकाम हेटौँडा पुगेर नागरिकता प्रमाणपत्र पाउँदा ठूलीमाया प्रजा निकै खुशी देखिन्थे । आज नागरिकता पाउनेमा १६ वर्ष उमेर पुगेकादेखि ७२ वर्षसम्मका रहेका छन् । उनीहरुलाई नागरिकता प्रमाणपत्रका लागि सहजीकरण गर्न गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडाध्यक्ष कुलबहादुर प्रजा र टोल विकास सुधार समितिका अध्यक्ष रामबहादुर प्रजालगायत टोली सदरमुकाम पुगेको थियो ।     
     
आज नागरिकता प्राप्त गर्नेहरुमध्ये ५५ जना चेपाङ समुदायका मात्रै रहेका छन् भने बाँकी तामाङ र सुनार रहेका छन् । नागरिकता बनाउनेमध्ये पाँच जना पहिलोपटक राक्सिराङ गाउँपालिकाबाट सदरमुकाम पुगेका हुन् । 

विकट ठाउँ, आर्थिक अवस्था कमजोर र हातमुख जोर्न सधैँ खेतीपातीमै लागि रहनुपर्ने भएपछि यसअघि हेटौँडा पुग्न नसकेको ६४ वर्षीय भोजुराम प्रजाले दुखेसो व्यक्त गरे  । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि जिल्लाका विकट स्थानमा टोली बनाएर नागरिकता वितरण गरेको थियो ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्