लेटेस्ट न्युज
advertisement1

घडियाल संरक्षणका लागि फुटबल  प्रतियोगिता

Maryada News 2021-03-04 21:36:11
घडियाल संरक्षणका लागि फुटबल  प्रतियोगिता

नवलपुर : विश्वमै सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक ‘प्रथम घडियाल कप फुटबल प्रतियोगिता–२०७७’ को आयोजना गरिएको छ । यही फागुन २३ गतेदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा घडियाल कप फुटबल प्रतियोगिता हुन लागेको हो । चितवन राष्ट्रिय निकुञ्ज र सिसवार मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा देवचुली–१ स्थित नारायणी नदी किनारमा हुने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।     
     
 घडियाल गोही नारायणी नदीबाट बगेर भारततर्फ जानेक्रम बढिरहेकाले नेपालमा घडियालको सङ्ख्या कम भएको भन्दै सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले यसको संरक्षणका लागि फुटबल प्रतियोगिताका माध्यमबाट युवालाई परिचालन गरिने बताए  ।     
     
 उहाँले खेलकूदका माध्यमबाट घडियाल गोही संरक्षणका लागि शुरु गरिएको यस अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए । समुदायमा आधारित वन्यजन्तु चोरीशिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ढुण्डीराज केसीले प्रतियोगितामा सहभागी हुने खेलाडीले आफ्ना घरपरिवार तथा साथीभाइलाई समेत घडियाल गोहीको संरक्षण अभियानमा सहभागी गराउन आग्रह गरे ।     
     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्