लेटेस्ट न्युज
advertisement1

८ कराेड व्यापारीले घाेषणा गरे 'भारत बन्द'

Maryada News 2021-02-26 15:36:23
८ कराेड व्यापारीले घाेषणा गरे 'भारत बन्द'

एजेन्सी- भारतका व्यापारीहरूकाे संगठन कन्फेडरेसन अफ अल इण्डिया ट्रेडर्स (क्याट)ले आज भारत बन्दकाे घाेषणा गरेकाे छ। इ-वे विल, पेट्राेल तथा डिजेलकाे बढ्दाे मूल्य र अत्याधिक गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी)लाई लिएर भारतमा बन्दकाे घाेषणा भएकाे हाे। 

भारतकाे यातायत क्षेत्रकाे सर्वाेच्च संस्था अल इण्डिया ट्रान्सपाेर्ट वेलफेयर असाेसिएसन लगायत अन्य संघ संस्थालेसमेत भारत बन्दकाे समर्थन गरेका छन्। क्याटका महासचिव प्रवीण खंडेलवालले भारतभर करिब १५ सय स्थानमा प्रदर्शन तथा धर्ना कार्यक्रम रहेकाे बताएका छन्। उनका अनुसार ४० हजार व्यापारीक संगठनका करिब ८ कराेड सदस्यले बन्दकाे समर्थन गरेका छन्। 

भारतले जारि गरेकाे नयाँ जिएसटी प्रावधानमा व्यापारीलाई प्रतिकुल हुने विभिन्न नियमहरू रहेकाे भन्दै विराेध प्रदर्शन भएकाे हाे। नयाँ प्रावधान अनुसार कुनैपनि अधिकारीले कुनैपनि व्यापारीकाे जिएसटी रजिस्ट्रेसन नम्बर निलम्बन गर्न सक्ने छ। 

व्यापारी तथा काराेवारीकाे माैलिक अधिकार हनन् भएकाे भन्दै भारत बन्दकाे घाेषणा गर्नुपरेकाे क्याटका अधिकारीहरूले जनाएका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्