लेटेस्ट न्युज
advertisement1

पीएम कपमा अर्जुन कुमालको शतक, मधेश-गण्डकीबीचको खेल टाइ

Maryada News 2025-03-24 16:41:41
पीएम कपमा अर्जुन कुमालको शतक, मधेश-गण्डकीबीचको खेल टाइ

काठमाण्डू, युवा ब्याटर अर्जुन कुमालले जारी संस्करणको प्रधानमन्त्री कपमा शतकीय पारी खेलेका छन् ।

गण्डकी प्रदेशबाट प्रतियोगिता खेलिरहेका उनले सोमबार मधेश प्रदेशविरुद्ध १४० बलमा १० चौका र एक छक्कासहित १०६ रनको शतकीय पारी खेलेका हुन् ।

जारी प्रधानमन्त्री कपमा शतक हिर्काउने अर्जुन तेस्रो ब्याटर हुन् । योसँगै उनी सर्वाधिक रनकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।

अर्जुनले ९ खेलमा ३ सय ७२ रन बनाएका छन् । त्यसक्रममा उनले एक शतक र दुई अर्धशतकीय पारी खेलेका छन् ।

अर्जुनले शतकीय इनिङ खेलेको म्याचमा गण्डकीको टोली मधेश प्रदेशसँग बराबरीमा रोकियो । अर्थात् दुवै टिमले समान २४६ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्