युवा श्रष्टा मिलन शाह-शंकरको नयाँ उपन्यास ‘कर्ना’ बजारमा आएको छ । शनिबार राजधानीको शिल्पी नाटकघरमा एक विशेष समारोहबीच शाहशंकरको दोश्रो उपन्यास कर्ना लोकार्पण गरिएको हो। शाहशंकरको यस अघि ४ कृति प्रकाशित भईसकेको छ। समारोहमा प्राडा सुरेन्द्र केसी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, संगीतकार राजुसिंह, अधिकारकर्मी प्रकाशचन्द्र परियार, साहित्यकार खेमनाथ दाहाल ,गायक सीताराम पोख्रेल,रङ्गकर्मी राजेन्द्र रिमाल,थियटर आर्टिस्ट दिपेन्द्रसिंह दर्नाल गजलकार घनेन्द्र ओझालगायतले स्रष्टा शाह-शंकरलाई बधाई तथा शुभकामना दिनुभएको थियो । महाकाव्यकार खेमनाथ दाहाल र वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालले करर्नाको बृहत्तर समिक्षा गदै पुस्तक नेपाली साहित्यको अमूल्य निधि भएको औल्याउनु भयो ।
स्रष्टा शाह–शंकरले यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताउँदै आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको बताउनुभयो । कर्नामा सशस्त्र द्वन्द्वको विकृत पाटोले उब्जाएको दुर्दान्त समस्या, महिला विभेद, जातिय हिंशा र सामाजिक मनोदशाको बहुकोणीय पाटोलाई कलात्मक चिरफार गरिएको छ। सोही अवसरमा आमा कमला फाउण्डेशनको पनि अनावरण गरिएको थियो । यो फाउण्डेशन स्रष्टा शाह-शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गर्नुभएको हो ।
प्रतिक्रिया