इटहरी- पूर्वी नेपालको व्यस्त सहर तरहरामा गत वर्ष युवाहरुको समूहले साइक्लिङ समुह बनाए। दर्जनौँ सामाजिक संघ/संस्था र सामुदायिक समूह भए पनि वातावरण र पर्यावरणसँग प्रत्यक्ष सरोकार राख्ने साइक्लिङ समुह नभएको भन्दै उनीहरुले यो समूह बनाएका हुन्।
‘तरहरा साइक्लिङ’ नामको समूह बनाएका युवाहरुले पहिलो वर्षमै नेपाल साईकल यात्राको रोमाञ्चक अनुभव बटुलेका छन्। समूहका अध्यक्ष शिवु रुम्दाली राईको नेतृत्वमा ५ सदस्यीय साइकल यात्रीले ‘टुर डे ठाकुरद्वारा’ मा सहभागिता जनाएर पूर्वेली साइकल यात्रामा नयाँ जग बसालेका हुन्।
गत महिना सम्पन्न यात्रामा अध्यक्ष रुम्दालीसहित रमेश भण्डारी, चन्द्रकाजी गुरुङ (कालु), बहादुर तामाङ, दिनेश गुरुङ सहभागी भएका थिए। साइक्लिङले पूर्वी नेपालका युवाहरुलाई पश्चिम नेपालका युवाहरुसंग जोडेको अध्यक्ष रुम्दालीको भनाई छ।
‘स्वास्थ्यका लागि साईकल’ मुल नाराका साथ स्थापित तरहरा साइक्लिङले तरहराबाट रारासम्मको नयाँ यात्रा शुरु गर्ने योजनासमेत बनाएको छ।
प्रतिक्रिया
Krishna Kc
2021-02-25 13:44:28वाह! वाह!! दा यो होनित समाचार भनेको सरर पढे मन नै हरर भयो गज्जब दा गज्जब को समाचार लेख्ने कलम जिबी मित्र लाई हृदय को गहिराई भित्र बाट हार्दिक नमन अनि साईकिलिङ तरहराको जग पिल्लर हजुर हरु लाई साईकले सलाम #जय साईकल