लेटेस्ट न्युज
advertisement1

ताप्लेजुङमा ३५ हजारले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप 

Maryada News 2021-10-30 18:08:55
ताप्लेजुङमा ३५ हजारले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप 

काठमाडौँ : ताप्लेजुङमा हालसम्म कोभिड–१९ विरुद्धको पूर्ण खोप ३५ हजार नगरिकले  लगाएका छन् । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि त्यहाको ३५ हजार नागरिकले मात्र खोप लगाएका हुन् ।

जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिए । तर, पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएको उनले बताए । 

यस अवधिका ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका नागरिकले लक्ष्यअनुसार कोरोनाविरुद्ध खोप नलगाएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले अनिवार्य रुपमा खोप लगाउन सबैमा आग्रह गरेका छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्