धादिङ : ग्लोबल आइएमइ बैँकले धादिङबेसीमा नयाँ शाखा संचालनमा ल्याएको छ । नेपालभर शाखा रहेको ग्लोबल आइएमइ बैँकले धादिङबेसीमा शाखा शुभारम्भ गरेपछि धादिङबेसी र उत्तर धादिङको क्षेत्र समेट्ने छ ।
कोरोना महामारीको समयमा बैँकको शाखा विस्तारले बैँकको सेवा विस्तार मात्र नभएर आफ्ना ग्राहकहरुलाई सेवा दिनेछ ।
ग्लोबल आइएमइ बैँकको धादिङबेसी समेत २ सय ८० शाखा, ४७ बिस्तारित काउण्टर, २ सय ५७ ओटा शाखा रहित सेवा केन्द्र संचालन गरिरहेको धादिङबेसी शाखाका प्रमुख बिमला केसीले बताए ।
नेपाल बाहिर अस्ट्रेलिया, भारत र बेलायतमा प्रतिनिधि शाखा रहेको ग्लोबल आइएमइ बैँकले २ सय ४९ ओटा एटिएमबाट सेवा दिइरहेको छ । ग्लोबल आइएमइ बैँक क वर्गको वाणिज्य बैँक हो ।
प्रतिक्रिया