लेटेस्ट न्युज
advertisement1

अष्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र शेयर गर्न प्रतिबन्ध

Maryada News 2021-02-18 15:48:15
अष्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र शेयर गर्न प्रतिबन्ध

एजेन्सी- अष्ट्रेलिया सरकारले फेसबुकमा समाचार हेर्न तथा शेयर गर्न प्रतिबन्ध लगाएको छ। यसबाट महत्वपूर्ण सूचनामा आम मानिसको पहुँच कम हुने खतरा बढेको छ। फेसबुकले आफ्नो पेजमा समाचार राखे बापत सम्बन्धित सञ्चार माध्यमहरुलाई पैसा दिनु पर्ने प्रस्ताविक कानुन अष्ट्रेलिया सरकारले ल्याउन लागेको सन्दर्भमा सरकारले सो प्रतिवन्ध लगाएको हो।

बीबीसीका अनुसार अष्ट्रेलियाका बासिन्दाले बिहीबार सबेरैबाट फेसबुक पेजमा सबै स्थानीय र विश्वका अन्य समाचार माध्यमका समाचारहरू हेर्न पाएनन्। यो कदमसँगै अष्ट्रेलिया बाहिरबाट पनि कुनै पनि अष्ट्रेलियाली समाचार तथा प्रकाशनहरु हेर्न सकिएको छैन।

यस किसिमको समाचारहरु माथिको प्रतिवन्धले समुदायमा ठूलो असर पुगेको बताइएको छ। यस कदमपछि अष्ट्रेलिया सरकारको कडा अलोचना भएको छ र सामाजिक सञ्जालको बाजारमा व्यापक प्रभाव रहेको यसबाट स्पष्ट भएको छ।

कानुननै पास नहुँदै सरकारबाट भएको यो कदमको धेरै क्षेत्रबाट आलोचना भएको छ। साथै फेसबुकले गुगलसँग सम्झौता गरी केही सञ्चार माध्यमलाई समाचार वापत केही रकम भुक्तानी दिन शुरु पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्