काठमाडौं : फिनल्याण्डको हेलसिन्की नगरपालिकाको निर्वाचनमा नेपाली मुलकी महिला डेपुटी काउन्सीलर पदमा पुनः विजयी भएकी छन्। नेपाली मुलकी ब्योमा ताम्राकार नगरपालिकाको डेपुटी काउन्सीलर पदमा पुनः विजयी भएकी हुन् । उनी उक्त कार्यकालका लागि दोस्रो पटक निर्वाचित भएकी हुन् । निर्वाचित भएपछि डेपुटी काउन्सिलर ताम्राकारले सामाजिक सञ्जालमार्फत् कृतज्ञता ब्यक्त गरेकी छन् ।
उनी लेख्छिन्, 'यसपालीको हेलसिन्की नगरपालिकाको चुनावमा ६२६ भोट ल्याई म डेपुटी काउन्सिलरमा पुनस् निर्वाचित भएकी छु। यस चुनावी प्रक्रियामा चुनाब प्रचार-प्रसार, मिडिया विषयमा भिडियो तथा अन्य सामाग्री बनाएर सहयोग गर्नु हुने साथी भाई तथा चुनावका लागि हरेक आवश्यक क्षेत्रमा हर सम्भव तरिकाले सहयोग गर्नुहुने र मतदान गर्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछु। '
उनले आफू विजयी हुनुमा नेपाली समुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद ज्ञापन गरेकी छन् । ताम्राकार काठमाडौंमा जन्मेकी हुन् ।
प्रतिक्रिया