लेटेस्ट न्युज
advertisement1

कोरोना सङ्क्रमित बढेपछि जुम्लाको मिचागाउँ सील

Maryada News 2021-06-12 10:06:29
कोरोना सङ्क्रमित बढेपछि जुम्लाको मिचागाउँ सील

जुम्लाः चन्दननाथ नगरपालिका – ७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठककाे निर्णयअनुसार शुक्रबार साँझदेखि सील गरेको हाे।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना सङ्क्रमित छन्। त्यस्तै महत गाउँमा ६ जना सङ्क्रमति रहेका छन्। सबैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरेपनि नमानेपछि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामग्री घरमै पुर्‍याएको महतले बताए।

यसअघि जिल्लाकाे तातोपानी गाउँपालिका –१ राकागाउँ र सोही गाउँपालिकाको वडा नम्बर ६ रावतवाडा गाउँ पनि सील गरी कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो। सङ्क्रमितहरूको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नहुन्जेलसम्म गाउँ नै सील गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

वैशाखयता जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८९ पुगेको छ। यस्तै सङ्क्रमणमुक्त भएको सङ्ख्या ३३२ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सङ्क्रमणबाट चार जनाको निधन भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचाररत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्