काठमाडौंः बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र फेला परेकाे शव वयस्क युवाकाे हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ। आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने बताएका छन्। दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ। खुट्टा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएका छन्। साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन्।
अहिले शवको पहिचान भइसकेको छैन। चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ।
प्रतिक्रिया