काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
आइतबारको रेकर्ड तोड्दै बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत वृद्धिभएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
प्रतिक्रिया