लेटेस्ट न्युज
advertisement1

वीरगञ्जकी ९१ वर्षीया उपमेयर कार्की सङ्क्रमणमुक्त

Maryada News 2021-05-20 13:14:52
वीरगञ्जकी ९१ वर्षीया उपमेयर कार्की सङ्क्रमणमुक्त

पर्साः वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की कोरोना भाइरसबाट संक्रमणमुक्त भएकी छिन्। ९१ वर्षीया उपमेयर कार्कीमा दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमण पुष्टि भएपछि उनलाई महानगरपालिकाकाे कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकाे थियाे। करिब दुई सातापछि बुधबार उनकाे स्वाब परीक्षणकाे नतिजा नेगेटिभ आएसँगै आज बिहान उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हाे।

सङ्क्रमणमुक्त भएपछि उपमेयर कार्कीलाई लिन मेयर विजयकुमार सरावगी कोभिड अस्पताल पुगेका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्