लेटेस्ट न्युज
advertisement1

कोरियाले निर्माण गर्यो आफैँले कोरोना जाँच गर्ने मिल्ने किट, १५ मिनेटमै नतिजा आउने

Maryada News 2021-05-13 10:12:17
कोरियाले निर्माण गर्यो आफैँले कोरोना जाँच गर्ने मिल्ने किट, १५ मिनेटमै नतिजा आउने

एजेन्सीः दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ। दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले किट निर्माण गरेका हुन्।

उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ। घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पुष्टि गर्न सकिन्छ।

किटलाई हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने व्यवस्था गरिएको छ। उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रूपैयाँ पर्छ। यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन्।

कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्