लेटेस्ट न्युज
advertisement1

डोटीका १२ जना स्वास्थ्यकर्मी सङ्क्रमित

Maryada News 2021-05-12 11:40:50
डोटीका १२ जना स्वास्थ्यकर्मी सङ्क्रमित

डाेटीः जिल्लाका १२ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले हालसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएकाे छ।

सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन्। सङ्क्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएकाे छ। उनीहरूको अवस्था सामान्य रहेकाे बताइएको छ।

स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीयलाई उपचार सेवा पाउन सकस भएको छ।

यसैगरी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको इलाका स्वास्थ्य कार्यालयका दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ। कर्मचारीमा सङ्क्रमण देखिएपछि उक्त स्वास्थ्य संस्थाले प्रदान गर्दै आएको आकस्मिकबाहेकका अन्य सबै सेवा बन्द गरेको अनमी विधि भण्डारीले बताइन्। 

स्वास्थ्य कार्यालयले सेवा बन्द गरेपछि स्वास्थ्य संस्थामा आउने दीर्घरोगी तथा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीलाई उपचारमा समस्या भएको स्थानीयवासी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्