लेटेस्ट न्युज
advertisement1

कोरोनाबाट थप ११ जनाको मृत्यु  

Maryada News 2021-05-11 18:04:08
कोरोनाबाट थप ११ जनाको मृत्यु  

महेन्द्रनगर : कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए ।     
     
उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ ।“ अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन ।” उनले भने,“ अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।”     
     
अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उनले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गइरहेको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्