कैलालीः जिल्लामा थप दुई कोरोना सङ्क्रमित महिलाको निधन भएको छ। निधन हुनेमा जिल्लाकै जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिला र लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिला रहेका छन्।
जानकी गाउँपालिकाकी ५९ वर्षीया महिलाकाे गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ। त्यस्तै लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिलाकाे धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे निधन भएको हाे।
प्रतिक्रिया