काठमाडाैंः उपत्यकाका तीन जिल्लामा वैशाख १६ बाट २२ सम्म लागू हुने भनिएकाे निषेधाज्ञा थप एक साताका लागि लम्बिने भएकाे छ। साेमबार बसेकाे मन्त्रीपरिषद्काे बैठकले एक सातामात्रैकाे निषेधाज्ञाले संक्रमणकाे चेन ब्रेक नहुने भन्दै थप अर्काे साता निषेधाज्ञा थपेकाे हाे।
यससँगै उपत्यकामा वैशाख मसान्तसम्म निषेधाज्ञा लागू हुनेछ। १४ दिन क्वारेन्टिनकाे अवधि नै हुने भएकाले त्यसैलाई आधार मान्दै १५ दिन निषेधाज्ञा जारी गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए।
यसका साथै सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ। निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार थपघट हुनेछ। हाल उपत्यकाबाहेक बाँके, बर्दिया, सुर्खेत, कास्की लगायतका जिल्लाहरूमा निषेधाज्ञा जारी भइसकेको छ।
प्रतिक्रिया