लेटेस्ट न्युज
advertisement1

सुदूरपश्चिम प्रदेश काेराेनाकाे उच्च जोखिममा

Maryada News 2021-04-11 17:23:24
सुदूरपश्चिम प्रदेश काेराेनाकाे उच्च जोखिममा

सुदूरपश्चिम प्रदेशः स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा परेकाे छ। सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड  नअपनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो।

पछिल्ला दिनमा सुदूर पश्चिम प्रदेशमा काेराेना सङ्क्रमण दर बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार पछिल्लो तीन हप्तामा एक सय २७ जनामा सङ्क्रमण पुष्टि भएको छ। भारतमा यो रोगको सङ्क्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसको जोखिम बढेको हो।

जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रुपमा लगाउन, भीडभाड नगर्न र मास्क लगाएर मात्र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भएपनि मास्क लगाउने र भौतिक दूरी कायम राख्नमा अधिकांशबाट लापरवाही हुने गरेको छ। प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षणको काम भइरहेको छ। हालसम्म पाँच हजार ७१ जनाको एन्टिजेन परीक्षण गरिएकामा एक सय ४० जनाको नतिजा ‘पोजेटिभ’ आएको छ।

शनिबार मात्रै प्रदेशको गड्डाचौकी, गौरीफन्टा, जुलाघाट र पुलघाट (दार्चुला) सीमा नाका हुँदै एक हजार नाै सय ९१ जना नेपाल भित्रिएकामध्ये शङ्कास्पद ६ सय ९९ को एन्टिजेन परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण देखिएको थियाे। सुदूर पश्चिम प्रदेशमा पुस महिनासम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५६ जनाको निधन भएको तथ्याङ्क स्वास्थ्य निर्देशनालयसँग छ। पुस महिनायता मृत्यु दर शून्य रहेकामा केही दिनअघि मात्र कञ्चनपुरमा एक जना सङ्क्रमितको निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्