लेटेस्ट न्युज
advertisement1

बैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो 'डोज' दिइँदै

Maryada News 2021-04-05 21:42:30
बैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो 'डोज' दिइँदै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोपको दोस्रो डोज लिने तयारी गरेको छ । माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप लगाएकाहरुका लागि दोस्रो चरणको खोप लगाइने भएको हो । 
उक्त खोप वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने निर्णय गरेको हो। सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने मिति र केन्द्रको सूची सार्वजनिक गरेको छ।

कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्