एजेन्सीः भारतले काेराेना भाइरसविरुद्धकाे खाेप निर्यातमा बन्देज नलगाएकाे स्पष्टिकरण दिएकाे छ। विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा बिहीबारबाट भारतले काेराेना भाइरसविरुद्धकाे काेभिसिल्ड खाेप निर्यातमा बन्देज लगाएकाे भन्ने खबर सम्प्रेषण भएपछी आज शुक्रबार भारतले यस्ताे स्पष्टिकरण दिएकाे हाे।
भारतले खाेप निर्यातमा बन्देज लगाएकाे नभइ खाेप उत्पादन क्षमता र बढ्दाे काेराेना संक्रमणलाई मध्यनजर गर्दै समयसमयमा खाेप निर्यातकाे सेड्युलमा परिवर्तनमात्र गरेकाे स्पष्ट पारेकाे छ।
भारतले हालसम्म ६ कराेड डाेज खाेप ७५ भन्दा बढी मुलुकमा निर्यात गरिसकेकाे छ। भारतकाे यस कार्यलाई भ्याक्सिन कुटनीतिमा महत्त्वपूर्ण आयामकाे रुपमा लिइएकाे छ।
अक्सफाेर्ड-एस्ट्राजेनेकाद्वारा विकसित काेभिसिल्ड खाेप भारतकाे सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गर्दै आइरहेकाे छ।
प्रतिक्रिया