लेटेस्ट न्युज
advertisement1

नेपालमै पहिलो पटक पत्रकारलाई पेन्सन

Maryada News 2021-03-22 19:01:32
नेपालमै पहिलो पटक पत्रकारलाई पेन्सन

हेटौंडा : नेपालमा सम्भवतः पहिलोपटक ६० वर्ष पूरा भएर सक्रिय पत्रकारिताबाट विश्राम लिएका ज्येष्ठ पत्रकारले आफूआवद्ध महासंघबाट मासिकरुपमा पेन्सन पाउन थालेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरले सदस्य ज्येष्ठ पत्रकारलाई सोमबार पेन्सन बितरण शुरु गरेको हो । हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर पूर्वअध्यक्ष नवराज शर्मालाई पेन्सनवापत् रकम हस्तान्तरण गरे ।

करिब ४० वर्ष पत्रकारिता गरेर निवृत्त जीवन बिताइरहनुभएका शर्मालाई चैत महिनाको ४ हजार रुपियाँ पेन्सन बितरण गरिएको हो । २० वर्ष पत्रकारितालाई मुख्य पेशा बनाएर ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक ४ हजारका दरले पेन्सन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपियाँ हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि सहयोगलाई जारी राखिने मेयर महतले विश्वास दिलाए । 

पत्रकार महासंघ मकवानपुरले वाणिज्य बैंकमा खोलिएको खातामा दश लाख रुपियाँ संकलन गरेको छ । त्यसबाट प्राप्त ब्याजबाट पेन्सन बितरण सुरु गरिएको हो । पत्रकार महासंघका सबै जिल्ला, प्रदेश र केन्द्रमध्ये पहिलोपटक महासंघ मकवानपुरले ज्येष्ठ पत्रकारलाई पेन्सन बितरण सुरु गरेको महासंघ जिल्ला अध्यक्ष हरि हुमागाईंले बताए । पेन्सन सम्बन्धि कार्यविधि महासंघको मंसिर २६ गतेको साधारणसभाले पारित गरेको थियो । महासंघ मकवानपुरआवद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकासका लागि पेन्सन सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्