लेटेस्ट न्युज
advertisement1

पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

Maryada News 2021-03-16 12:04:07
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैंः नेपालका पहाडी भूभागमा आज (मङ्गलबार) आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

हाल केही पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी भूभागको मौसम सामान्यतया सफा छ। पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव सात डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियस छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्