काठमाडाैंः सगरमाथा आरोहणका लागि बहराइनकाे राजपरिवार सदस्य शेख मोहम्मद हमाद अल खलिफासहित १६ जनाकाे टाेली नेपाल आएकाे छ। बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर ३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक आज नेपाल आइपुगेका हुन्।
टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १ छन्। टोली कम्तिमा ८० दिन नेपालमा रहने बताइएकाे छ। टाेलीले आगामी वैशाखमा सगरमाथाकाे आराेहण गर्ने बताइएकाे छ।
आराेहण टाेलीले गोरखाको चुमनुब्री गाउँपालिकाकाे समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्धको खोप समेत लिएर आएको छ। खोप सहयोगस्वरुप प्रदान गर्न लागिएको हो। यसअघि यो टोलीले सन् २०२० को अक्टोवरमा लोबुचे र मनास्लु हिमाल चढेको थियो।
यसअघि फागुन २० गते नै राजपरिवारले बेलायतका लागि नेपाली राजदूत पदम सुन्दासलाई सगरमाथा आरोहण गर्ने बारे जानकारी गराएको थियो । सो लगत्तै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तिब्र पारिएको थियो ।
प्रतिक्रिया