लेटेस्ट न्युज
advertisement1

महिला हस्तकला मेला फागुन २२ देखि हुने

Maryada News 2021-03-04 21:01:05
महिला हस्तकला मेला फागुन २२ देखि हुने

काठमाडौँ : महिला हस्तकला मेला यही फागुन २२ गतेदेखि हुनेभएको छ । पत्रकार सम्मेलनमार्फत आज नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मेलाको आयोजना गरिने जानकारी दिइएको हो ।     
     
‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्र्वद्धन’ भन्ने नारासहित हुने मेलामा नेपाली उत्पादन तथा नेपालको पहिचान झल्कने कक्ष राखिने महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउए ।     
     
मेलामा सानाठूला गरी ५० भन्दाबढी कक्ष रहने बताइएको छ । मेलामा नेपाली ढाका, बाँस, काष्ठकला, गरगहना, कपडा, सिसा, धातु तथा कागजबाट बनाइएका सामान प्रदर्शन गरिनेछ । हस्तकला मेला महानगरपालिका अगाडिको खाली स्थानमा हुनेछ । यही फागुन २४ गते मेलाको समापन हुनेछ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्