लेटेस्ट न्युज
advertisement1

बागमती प्रदेशमा एकै दिन ३४ सङक्रमितकाे निधन

Maryada News 2021-05-12 12:40:22
बागमती प्रदेशमा एकै दिन ३४ सङक्रमितकाे निधन

काठमाडाैंः बागमती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिन ३४ जनाको निधन भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको निधन भएको हो।

मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक/एकजना कोरोना सङ्क्रमितको निधन भएको छ। योसँगै बागमती प्रदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या एक हजार ६ सय ५३ जना पुगेको मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए।

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि हुनेमा काठमाडौँका दुई हजार सात सय ८८, ललितपुरका ६ सय दुई, भक्तपुरका पाँच सय ३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका एक सय १५, चितवनका एक सय २४, सिन्धुलीका ४७, मकवानपुरका एक सय १६, रामेछापका २४, दोलखाका १५, काभ्रे एक सय ५५ र सिन्धुपाल्चोकका ५८ जना रहेका छन्।

बागमती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार तीन सय ७५ जना रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्