एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दाेश्राे लहरकाे काेराेनाकाे भारतमा फैलिरहेकाे भेरिएन्टलाई चिन्ताजनक भएकाे बताएकाे छ। साे भेरिएन्टलाई डब्ल्यूएचओले 'भेरिएन्ट अफ कन्सर्न' भएकाे बताएकाे छ।
भारतमा सबैभन्दा पहिलाेपटक सन् २०२० काे अक्टुबर महिनमा फेला परेकाे यस भेरिएन्ट 'बि.१.६१७' मा एन्टिबडीकाे असर कम हुने बताइएकाे छ भने याे निकै संक्रामक भएकाे र छिटाे फैलिने डब्ल्यूएचओले पुष्टि गरेकाे छ।
यद्यपि याे भेरिएन्टमा पनि खाेपले असर पर्ने डब्ल्यूएचओकाे भनाइँ छ। साेमबार डब्ल्यूएचओकी काेराेनातर्फकी प्रमुख मारिया वेन केरखाेभले जारी गरेकाे एक वयानअनुसार काेराेनाविरुद्धकाे सबै खाेप बि.१.६१७ भेरिएन्ट राेकथाम तथा सङक्रमितकाे ज्यान जाेगाउन असरदार रहेकाे छ।
डब्ल्यूएचओले सबैलाई खाेप लगाउन आग्रह पनि गरेकाे छ।
प्रतिक्रिया