लेटेस्ट न्युज
advertisement1

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित 

Maryada News 2021-05-09 19:26:57
भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित 

नयाँ दिल्ली: भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन् ।  
  
भारतमा हालसम्म कोरोनाभाइरस संक्रमितको कूल संख्या दुई करोड २२ लाख ९६ हजार पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म एक करोड ८३ लाख १७ हजार संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा तीन लाख ८६ हजार संक्रमणमुक्त भएका छन् ।
    
हाल भारतमा ३७ लाख ३६ हजार व्यक्ति सक्रिय संक्रमित छन् ।   मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार हजार ९२ जनाको संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म २ लाख ४२ हजार ३६२ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।     

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार यही मे ८ सम्म कूल ३० करोड २२ लाख ७५ हजार नमुना परीक्षण गरिएको छ ।  यस्तै, गत मे ७ तारिखसम्म भारतभर कोभिड–१९ विरुद्धको खोप १६ करोड ९४ लाख ३९ हजार डोज लगाइएको छ । गत जनवरी १६ देखि खोप दिन थालेको भारतमा हाल १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने गरिएको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्