एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोभिड-१९ विरुद्धकाे खोपलाई आपतकालिन अवस्थामा प्रयाेग गर्ने स्वीकृति प्रदान गरेको छ।
योसँगै सिनाेफार्मकाे खाेप डब्ल्यूएचओकाे अनुमति प्राप्त गर्ने पहिलाे गैर पश्चिमी मुलुकले विकसित गरेकाे खोप बन्न पुगेकाे छ। यो खोप हालसम्म दशाैं लाख चिनियाँ र अन्य मुलुकका मानिसहरूले लगाइसकेका छन्।
डब्ल्यूएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जनसन एण्ड जनसन र मोडर्नाकाे खाेपलाई मात्र प्रयाेगकाे अनुमति दिएकाे थियाे। यद्यपि अफ्रिका, ल्याटिन अमेरिका र एशियाका केही विपन्न मुलुकका अधिकारीलेहरू यसअघि नै सिनाेफार्मकाे खाेपलाई आपतकालिन अवस्थामा प्रयाेग गरिसकेका थिए।
खाेपकाे सम्बन्धमा थाेरैमात्र सूचना बाहिर आएका कारण यसकाे प्रभावकारितामा माथि लामाे समयदेखि शंका रहँदै आएकाे थियाे। यद्यपि शुक्रबार डब्ल्यूएचओले यसकाे "सुरक्षा, प्रभावकारिता र गुणस्तर"लाई वैधता दिएसँगै अब अन्य खाेप जस्तै याे पनि प्रयाेगमा आउने भएकाे छ।
प्रतिक्रिया