एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सन्दीप लामिछाने आवद्ध टोली होबार्ट हुरिकेन्स् बिग बास लिगमा सात विकेटले विजयी भएको छ । सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट हुरिकेन्स्ले सिड्नी सिक्सर्स्लाई गएराति भएको खेलमा पराजित गरेको हो ।
अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले चार ओभरमा २४ रन खर्चिए । सन्दीपले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए ।
टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।
यसअघिको खेलमा समेत उनले दुई विकेट लिएका थिए । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ । होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ ।
प्रतिक्रिया
MEIFypiqrRQJWZ
2024-08-12 06:50:30evJQUZiCG
MEIFypiqrRQJWZ
2024-08-12 06:50:37evJQUZiCG