एजेन्सी । भारतको र चीनको सीमा क्षेत्रमा फेरि झडप भएको छ । दुई देशका सेनाबीच गत साता भारतको उत्तरी सिक्किमको नाकुलामा झडप भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका छन् ।
चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि झडपको स्थिती सृजना भएको बताइएको छ । झडप भएको स्थान हाल तनावपूर्ण भए पनि स्थिर रहेको जनाइएको छ ।
पछिल्लो केही वर्षयता भारत र चीनका सेनाबीच सीमामा बारम्बार झडप भइरहेको छ । यसअघि गत असारमा भारत–चीन सीमाको गल्वानमा भएको सैन्य झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन ।
प्रतिक्रिया