काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । आज राजधानीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै उनले हिजो (बिहीबार)को प्रचण्ड–माधव समूहको आन्दोलनको कुनै औचित्य नभएको भन्दै कटाक्ष गरेका हुन् ।
उनले भने– ‘ बुढी आमाको टमाटार बाटाभरि छरेर क्रान्ति हुन्छ ? किसानका मुला र गरिब ट्याक्सीवालालाई आगो लगाएका पार्टी सर्वहारा पार्टी रे ! अब शाकाहारी आन्दोलनले हुँदैन भनेको केहो चिकन चिल्ली खान्छु् भनेको हो? नरभक्षी आन्दोलनका दिन गए । शान्तिपूर्ण आन्दोलन भनेर नरभक्षीहरुका दिन गए ।’
प्रधानमन्त्री ओलीले नेकपाकै आन्दोलनरत प्रचण्ड–माधव पक्षलाई आफूले बम राखेर विप्लवलाई दोष दिएको भन्दै ठूला कुरा नगर्न चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया