लेटेस्ट न्युज
advertisement1

तान्जानियाका राष्ट्रपतिकाे निधन, काेराेना संक्रमण भएकाे आशंका

Maryada News 2021-03-18 17:27:35
तान्जानियाका राष्ट्रपतिकाे निधन, काेराेना संक्रमण भएकाे आशंका

एजेन्सीः तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएकाे छ। राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका ६१ वर्षीय मागुफुलीकाे बुधबार निधन भएको हाे।

मागुफुलीलाई कोरोना संक्रमण भएको पनि लख काटिएकाे थियाे। करिब तीन साता यता उनी सार्वजनिक रूपमा देखा परेका थिएनन्।

यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना नदिए पनि विपक्षी नेताहरूले भने उनलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन्।

मागुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए। गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए।

मागुफुलीकाे स्थानमा अब उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्ने बताइएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्