एजेन्सीः दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय अशोक श्रीषमगरकाे गत सोमबार निधन भएको हो।
दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए। लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो। यद्यपि अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।
हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ भने मृतकका परिवारलाई पनि खबर गरिसकिएको छ।
प्रतिक्रिया