काठमाडौं : संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची सार्वजनिक गरेको छ। संसद सचिवालये शनिबार सार्वजनिक गरेको कार्यसुचीअनुसार राष्टपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। त्यसपछि सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन्।
लगत्तै सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिक अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, कानून मन्त्री लिलानाथ श्रेष्ठले विभिन्न अध्यादेशहरु पेश गर्ने कार्यसुची तय भएको छ ।
(हेर्नुहोस् विज्ञप्तिसहित)
त्यसैगरी सभामुखले यसअघि निधन भएका सांसदहरुको शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रतिक्रिया