लेटेस्ट न्युज
advertisement1

जातका कारण कोठा भाडामा दिन नमान्ने घरबेटी धरौटीमा रिहा

Maryada News 2021-03-03 17:44:49
जातका कारण कोठा भाडामा दिन नमान्ने घरबेटी धरौटीमा रिहा

काठमाडौं : जातका कारण कोठा भाडामा दिन नमान्ने घरबेटी माधवराज भुसाललाई काठमाडौं जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  न्यायाधीश उपेन्द्र प्रसाद न्यौपानेको एकल इजलासले भुसाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।  

करुणा विश्वकर्मालाई जातका कारण फ्ल्याट भाडामा दिन नमानेपछि घरबेटी भुसाललाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी  अदालतमा बुझाएको थियो । पीडक भुसालले आफूहरु निर्दोष रहेको दावी गरे पनि अदालतले तत्काल निर्दोष सावित गर्न नसक्ने भन्दै धरौटीमा रिहा  गर्न आदेश दिएको हो । 

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उपेन्द्र प्रसाद गौतमको इजालसमा सरकारी वकिल भक्तराज घिमिरे र हरिबहदुर पुनले बहस गरेका थिए । पीडित पक्षबाट अधिवक्ता यामकुमारी ददेल र  मोहन शाहसंकरले बहस गरेका थिए ।

जातीय छुवाछूत कसुर सजय ऐन २०६८ अन्तर्गत घरबेटी भुसाललाई कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतले ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो । फ्ल्याट भाडामा दिने भनेर एक हजार रुपैया एड्भान्स लिएका घरबेटीले थर विश्वकर्मा भन्ने थाहा पाएपछि उल्टो जातीय विभेद गदै फ्ल्याट भाडामा दिन अस्वीकार गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्