लेटेस्ट न्युज
advertisement1

बिजुली निर्यात : भारतलाई बिजुली बेचेर चार महीनामै कमायो नेपालले १२ अर्ब ७२ करोड

Maryada News 2024-11-21 17:20:45
बिजुली निर्यात : भारतलाई बिजुली बेचेर चार महीनामै कमायो नेपालले १२ अर्ब ७२ करोड

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारततर्फ निर्यात गरेको छ। भारततर्फ निर्यात गरिएको विद्युत्‌‌को औसत दर प्रतियुनिट सात रुपैयाँ ६३ पैसा छ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीलाई प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ। भारतको प्रसारण संरचनाको प्रयोग गरी बाङ्लादेशमा पनि विद्युत् निर्यात शुरू भइसकेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ भारुमा हुने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महीनामा आएको बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए।

सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द छ। त्यस्तै, अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन। घिसिङले काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करीब २०० मेगावाट विद्युत्‌को निर्यात प्रभावित भएको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्