अधिवक्ता नारायण नेपालले दलित समुदायकै पहिलो वरिष्ठ अधिवक्ताको इतिहास कायम राखेका छन।
नेपालको कानुनी इतिहासमा दलित समुदायको पहिलो वरिष्ठ अधिबक्ताको इतिहास कायम राख्न सफल नारायण नेपाल, मानव अधिकार, सामाजिक न्याय र दलित समुदायको उत्थानमा कृयाशिल नाम हो।
काठमाडौका वासिन्दा रहेका नेपाल युवा अधिवक्ताहरुमा पनि प्रिय मानिन्छन।
दलित समुदायवाट न्यायिक क्षेत्रमा न्यायाधीस बनिसकेको इतिहास भए पनि वरिष्ठ अधिवक्ताको उपाधी आज सम्म कसैले पाएका थिएनन । सर्वोच्च अदालतले हालै अधिवक्ता नारायण नेपाललाई वरिष्ठ अधिवक्ताको उपाधीवाट विभुषित गरेको हो।
समुदायको नाम रोशन गरेर वरिष्ठ अधिवक्ता नारायण नेपालले उत्कृष्टताको नमुना देखाएका छन, वरिष्ठ सामाजिक न्याय अभियन्ता पदम सुन्दासले उपाधी पछि प्रतिकृया दिदै भने, यो हाम्रा लागि अर्को ऐतिहासिक सफलता हो।
वरिष्ठ अधिवक्ताको उपाधीवाट विभुषित भएको भन्दै समता फाउण्डेसनले नेपाललाई हालै सम्मान गरेको छ।
प्रतिक्रिया