हत्या आरोप लागेका बादशाहलाई मन्त्रीडा। गोविन्द केसीले बाँकेकी निर्मला कुर्मी हत्या आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेश मन्त्रीबाट हटाउन माग गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा पत्र पठाउँदै केसीले लुम्बिनी मन्त्रीबाट बादशाहलाई हटाउन सभापति शेरबहादुर देउवालाई मंगलबार आग्रह गरेका छन्।
‘नेपालगञ्जकी निर्मला कुर्मीलाई निरन्तर यातना दिइ अपहरण गरेर हत्या गर्ने अभियुक्त बादशाह कुर्मी ९कांग्रेस नेता० विरूद्ध छानबिन तथा कारबाहीका लागि करिब तीन वर्षअघि तपाईंसँग बालुवाटारमा भेटी आवश्यक कारबाही अगाडि बढाउने तपाईंको प्रतिबद्धताका बाबजुद कांग्रेसका नेताका हस्तक्षेपका कारण छानबिन प्रक्रिया अगाडि बढ्न सकेन,’ डा केसीले सभापति देउवालाई लेखेको पत्रमा भनिएको छ।
करिब डेढ वर्ष अघि पुष्पकमल दाहाल प्रचण्डलाई आफूले भेटेपछि यस विषयमा छानबिन प्रक्रिया अघि बढेको पनि उनले बताएका छन्।‘एकातर्फ छानबिनको प्रक्रिया महिनौँ अघि सिद्धिएर प्रतिवेदन तयार भइसकेको भए तापनि पार्टीगत दबाबका कारण प्रतिवेदनलाई आवश्यक अभियोजनका लागि सरकारी वकिलको कार्यालयमा पठाउने ढिलाइ गरिएको छ। अर्कोतर्फ हत्यारा बादशाह कुर्मीलाई संवैधानिक नैतिकता, कानुन र मूल्य मान्यता विपरीत हुने गरी निर्लज्ज रूपमा लुम्बिनी प्रदेशको मन्त्री बनाइएको छ,’ उनले भनेका छन्।
प्रतिक्रिया