लेटेस्ट न्युज
advertisement1

को हुन मेक्सिकोको पहिलो महिला राष्ट्रपति शेन्बाउम?

Maryada News 2024-06-04 19:21:56
को हुन मेक्सिकोको पहिलो महिला राष्ट्रपति शेन्बाउम?


प्रथम महिला राष्ट्रपति वनेर इतिहास कायम राखेकी मेक्सिकोकी क्लाउडिया सेनबाम वैज्ञानिक आमाबुवाकी सन्तान हुन । शेन्बाउमले भौतिकशास्त्र अध्ययन गरेपछि ऊर्जा इन्जिनियरिङमा विद्यावारिधि गरिन्।

क्यालिफोर्निआस्थित एउटा प्रतिष्ठित अनुसन्धान प्रयोगशालामा उनले मेक्सिकोको ऊर्जा उपयोग प्रवृत्तिबारे कैयौँ वर्षसम्म अध्ययन गरिन् र जलवायुसम्बन्धी विषयमा विज्ञ पनि बनिन्।

सन् २०१८ मा उनी मेक्सिकोकी प्रथम मेयर बनिन् र राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धामा आउनुअघि उनले सन् २०२३ सम्म मेयर पद सम्हालिन्।

नाजीको डरका कारण शेन्बाउमका यहुदी मावली हजुरबुवा बुल्गेरीआबाट मेक्सिको बसाइँसराइ गरेका थिए। उनका हजुरबुवा चाहिँ लिथुआनीआका थिए।
ग्यालभेजलाई पछि पार्दै राष्ट्रपतिमा निर्वाचित शेन्बाउमलाई मेक्सिकोमा महिलाका निम्ति एउटा महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिँदै छ।शेन्बाउमले यो उपलब्धि आफ्नो लागि मात्र नभई सबै महिलाका लागि भएको जिकिर गरिन्।

“मैले शुरूदेखि नै भन्दै आएकी छु कि सर्वोच्च पदमा म मात्र पुगेकी हुनेछैन, सबै पुगेका हुनेछन्,” उनले भनिन्।

“म तपाईँहरूको विश्वासलाई टुट्ने दिनेछैन,” शेन्बाउमले वाचा गरिन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिका रूपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जितका लागि क्लाउडिया सेनबामलाई बधाई दिएका छन् । ‘म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु,’ बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भने।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्