विवेकशील साझा पार्टीको १ नं प्रदेश प्रथम अधिवेशन आगामी असोज १३ गते सुनसरीको ईटहरीमा हुने तय भएको छ । विवेकशील साझा पार्टी १ नं प्रदेश आयोजक समितिको हालैको बैठकले ‘पहिचानको सम्मान, सहिष्णुताको संवर्द्धन’ भन्ने मूल नाराका साथ प्रदेश अधिवेशन गर्न लागेको हो ।
मिडिया व्यवस्थापन समितिका संयोजक चिरञ्जीवी रेग्मीका अनुसार प्रदेश अधिवेशन तयारीका लागि विभिन्न समिति तथा उप समिति गठन गरिएको छ ।
अधिवेशनले प्रादेशिक रणनीति, कार्यक्रम तथा नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशन आयोजक समितिका संयोजक सुदन श्रेष्ठले जानकारी दिए ।
गत माघमा विवेकशील साझा पार्टीको संघीय अधिवेशन सम्पन्न भएसँगै पार्टीले संस्थागत स्वरुप कायम गर्दै अघि बढिरहेको छ । पार्टीले हाले बागमती प्रादेशिक अधिवेशन सम्पन्न गरेलगत्तै १ नं प्रदेशको अधिवेशन हुन लागेको हो ।
प्रतिक्रिया