काठमाडौं:मर्यादा मिडियाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलतासम्बन्धी कार्यशालाको आज सोमबार दोस्रो दिन हो । कार्यशालामा सातै प्रदेशका विभिन्न राजनीतिक, सामाजिक तथा पेसागत जीवनमा सक्रिय ३५ जना दलित महिलाको सहभागिता छ ।
महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा मर्यादा मिडियाले हिमाल, पहाड र मधेश सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल शुरू भएको आयोजकले बताएको छ ।
मंगलबारसम्म चल्ने कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैंगिक समानता, समावेशीकरण र मानव मर्यादाका विविध पाटाहरू समेटिने छन् ।
प्रतिक्रिया