काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सुरु भएको छ । पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएपछि शोक प्रस्ताव पारित गर्ने बैठक सुरु भएको हो । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशको बैठक बसेको थियो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् ।
फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरू शोक प्रस्ताव पारित गर्न बसेको बैठकमा भने सहभागी भएका छन् ।
प्रतिक्रिया