काठमाडौँ : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस संशोधन गरेको छ । सस्थाको शुक्रबार बसेको ३६ औंँ बैठकले नगद लाभांस तथा बोनस शेयर प्रस्ताव संशोधन गरेको हो ।
उक्त बैठकले आर्थिक वर्ष २०७७÷०७८ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० करोड रुपैयाँमा नगद र बोनस लाभांश संशोधन गरी प्रस्ताव गरेको छ । शंसोधित प्रस्ताव अनुसार संस्थाले कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वर्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले प्राप्त गर्नेछन् । संस्थाले संस्थाले यसअघि चुक्ता पूँजीमा नगद लाभांश ५ प्रतिशत र ४५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया