लेटेस्ट न्युज
advertisement1

बाढी पहिरो प्रभावितको उद्धारमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन

Maryada News 2021-10-20 20:39:59
बाढी पहिरो प्रभावितको उद्धारमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन

काठमाडौँ : प्रदेश १ का मुख्यन्त्री भीम आचार्यले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र पुनर्स्थापनामा जुट्न निर्देशन दिनुभएको छ । बुधवार विराटनगर स्थित मुख्यमंत्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषदको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्षाका कारण हुन सक्ने क्षति न्यूनिकरणका लागि पूर्व सावधानी अपनाउन पनि आग्रह गर्नुभयो ।

बैठकले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएकाहरुलाई प्रदेश सरकारको तर्फबाट प्रति व्यक्ति एक लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ । संघीय सरकारले प्रति मृतक २ लाख रुपैया राहत दिने बताइएको छ ।

यसैगरी संघीय सरकारले ल्याएको मनसुनजन्य विपद प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ पारित गर्ने र बाढी पहिरोबाट क्षति भएको आवास पुनर्निर्माणमा थप सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।
सोमवार राति देखि परेको अविरल वर्षाका कारण प्रदेश १ मा ३८ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता रहेका छन् । यसैगरी अत्यधिक वर्षाका कारण प्रदेश १ मा करिब १५ प्रतिशत अर्थात करिब ४९ हजार ९ सय ४४ हेक्टरमा लगाइएको धान खेतीमा क्षति पुगेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्