लेटेस्ट न्युज
advertisement1

मुख्यमन्त्री शाक्यले टेबल गरिन् विश्वासको मत लिने प्रस्ताव

2021-10-10 19:07:45
मुख्यमन्त्री शाक्यले टेबल गरिन् विश्वासको मत लिने प्रस्ताव

काठमाडौं : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभाको बैठकमा टेबल गरेकी छिन् । आइतबारको बैठकमा उनले प्रस्ताव टेबल गरेकी हुन् ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार विश्वासको मतको प्रस्ताव पेस गरेको शाक्यले बताइन् ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने प्रस्ताव पेस गरेपछि प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित गरिएको छ । अब त्यसमाथि छलफल र मतदान त्यही बेला हुनेछ ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेता शाक्य मुख्यमन्त्री भएकी थिइन् । प्रदेशसमा एमालेको स्पष्ट बहुमत हुँदा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्